८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित




७ कार्तिक ०७८, काठमाडौं । पाकिस्तानले आईसीसी टी २० विश्वकप भारतमाथि ऐतिहासिक जित हात पारेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटले जित निकालेको हो ।

टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान यसअघि पाँचपटक भिडेका थिए । जसमा सबै खेल भारतले नै जितेको थियो । तर, आजको खेलमा पाकिस्तानले भारतमाथि १३ बल बाँकी छँदै १० विकेटको सानदार जित निकालेको हो ।

पाकिस्तानका मोहम्द रिजवन र बाबर आजमको अर्धशतकको सहयोगमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा पूरा गर्‍यो । ५५ बल खेलेका रिजवनले ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै ५२ बल खेलेका आजमले ६ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले सात विकेटको क्षतिमा १५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५७ रनको अर्धसतकीय पारी खेले ।
पावर प्लेमा तीन विकेट गुमाएर भारतले ३६ रनमात्र बनाउन सक्यो । भारतका लागि ऋशव पन्तले ३९ रन बनाउँदा रवीन्द्र जडेजा १३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान ११/११ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका लागि साहिन आफ्रिदीले ३ विकेट लिए । त्यस्तै हस्सन अलीले २ विकेट लिँदा शादव खान र हरिस रफले समान एकएक विकेट लिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : ४७ बजे