१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुर र चितवनमा विपन्नलाई सकारकाले घर बनाइ दिदै



फाइल तस्विर

८ कात्तिक ०७८, मकवानपुर । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १ सय ९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७\७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर निर्माणको सम्झौता भएको बताइएको छ । चालु आवमा १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएको यस कार्यालयका अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् ।

जिल्लाको बकैया, भीमफेदी, राक्सिरागं, कैलाश तथा हेटौँडा उपमहानगर पालिकामा जनता आवास कार्यक्रम कार्यान्वयनमा रहेकोे कार्यालयले जनाएको छ । चितवन र मकवानपुर गरी दुई जिल्लाको कार्यक्रम यो कार्यालयले हेर्ने गरेको छ ।

चितवनमा १९२ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ८३ ले प्रथम किस्ता बुझेर लगेको जानकरी दिइएको छ । कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आवमा मकवानपुरमा घर निर्माणका लागि चार हजार ५सय को निवेदन परेको थियो । तीमध्ये जिल्लामा १ सय ९८ घर निर्माणको लागि छनोट भएको हो ।

यस कार्यक्रमका लागि रु पाँच करोड ४८ लाख बजेट विनियोजन भएको बताइएको छ । लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्पप्रतिरोधी सानो बरण्डासहितको दुई कोठे ढुङ्गामाटोले बनेको कच्ची घरको कूल लागत रु तीन लाख ५० हजार रहेको बताइएको छ । यसमा शौचालय अनिवार्य गरेको छ । सङ्घीय सरकारले सर्वप्रथम सुरु गरेको यो आवास निर्माणको काम अहिले प्रदेशमा हस्तान्तरण भएको छ । कोरोना महामारीको कारण गत आवमा घर निर्माणका प्रक्रिया पूरा हुन् नसकेको कार्यालयका प्राविधिकले जनाएका छन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई जनता आवास कार्यक्रममा समेटिएको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।