१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूकम्पको धक्का महसुस,सडक र गल्लीमा निस्किए स्थानीय




८कात्तिक ०७८, बेसीशहर । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका ३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।”

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।