८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला फुटबल–भक्तपुरको जित   



९ कात्तिक ०७८, काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई–दुई गोल गरिन् भने अजिता घर्तिमगरले एक गोल गरिन् ।
यता पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् । यस जितसँगै समूह ‘सी’ को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ ।
प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : ०१ बजे