२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि



१२ कात्तिक ०७८, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा र मूल्य बढाइएको निगमले जनाएको छ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरेको छ।

बढेको मूल्य अनुसार अब पेट्रोल, प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ।

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार पाँच सय रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।