१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तिहारमा दुःखद गाडी दुर्घटना : दुई जनाको मृत्यु




१९ कात्तिक ०७८, सुर्खेत । तिहारको लक्ष्मी पुजाको दिन बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनको क्रममा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दश जना सवारी यस गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।