१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेघा बैंकले १२ प्रतिशत लाभांश दिने




२३ कात्तिक ०७८,काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२।०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२।०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ ।
लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।