८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण   



२६ कात्तिक  ०७८, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ ।

आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

लिगको उद्घाटन खेल आगामी मङ्सिर ३ गते नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिए । लिग निर्देशक सञ्जीव मिश्रले सामूहिकरुपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताए । लिगमा १४ टोलीको सहभागिता रहने छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ५८ बजे