९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भृकुटीमण्डपमा जुत्ता चप्पलको व्यापार मेला सुरु



फाइल तस्विर

२७ कात्तिक ०७८,काठमाडौ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आजदेखि व्यापार मेला सुरु गरेको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ ।
मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताएका छन् ।
एशोसिएशनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए । उनले अहिले कच्चापदार्थ आयातमा समस्या रहेकाले मागअनुसारको उत्पादन हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको विचार व्यक्त गरे ।
करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ । एशोसिएशनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : १६ बजे