२७ कात्तिक ०७८, ललितपुर । ललितपुरको हात्तिबनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाले ४० जना संस्थापक सदस्यलाई सम्मान गरिएको छ । शनिबार ललितपुरको हात्तिबनमा आयोजित एक कार्यक्रममा मन्त्री उर्जामन्त्री पम्फा भुसालले सहकारीको संस्थापकहरुलाई सम्मान गरेकी हुन् ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कुमार गिरीले आफ्ना सदस्यलाई आधुनिक वित्तीय सेवा दिनुका साथै सामाजिक अभियान चलाउँदै आएको बताएका छन् ।
ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक शेयर सदस्य सम्मान समारोहमा मन्त्री भुसालले सहकारीलाई संविधानले प्रमुख आर्थिक अङ्गका रुपमा स्वीकार गरेको बताएकी थिइन् ।
अर्थसामाजिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले संस्कृति र संस्कारलाई पनि सहकारीले पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गरिन् । सामाजिक न्यायका लागि आफू राजनीतिमा आएको बताउँदै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई फाइदा पुग्नेगरी २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क ऊर्जा उपलब्ध दिएको बताएकी थिइन् ।
२७ कार्तिक २०७८, शनिबार
0
Shares
प्रतिक्रिया