९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो हवाईजहाजको भाडा




२८ कात्तिक ०७८, काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २ सय २० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । यसै अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।
यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २ सय २० बढेको छ । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको छ । काठमाडौँबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क रु १सय ७० बढेको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ३७ बजे