९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो




१ मंसिर ०७८, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८÷०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले सात करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा जीवन बिमा कोष १०१ दशमलव २५ प्रतिशतले बढेर चार अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिमा कोषमा दुई अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ५० दशमलव ४२ प्रतिशतले बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यसले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । जीवन बिमा कोषमा १०१ प्रतिशतले वृद्धि भई चार अर्ब ५५ करोड रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ चार पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा छ । न्युज कारखाना

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : ५१ बजे