
३ मङ्सिर ०७८,काठमाडौं । आज शुक्रबार चन्द्र ग्रहण लाग्दै छ । आज लाग्ने चन्द्रग्रहण पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुने खगोलविदहरुले बताएका छन् । यो चन्द्रग्रहण नेपालबाट भने देखिनेछैन । त्यसैले चन्द्रग्रहण बार्नु नपर्ने ज्योतिषहरुले बताएका छन् ।
आज लाग्ने चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण हुनेछ ।
यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।
एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।
सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।







प्रतिक्रिया