८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सातदोबाटो र फ्रेण्ड्सले ’ए’ डिभिजन  खेलमा अंक बाढे



काठमाडौँ, ३ मङ्सिर
दशरथ रंगशालमा शुक्रबार आयोजित ए डिभिजन लिग फुटबल प्रतियोगिताको क्रममा सेतो जर्सीमा सातदोबाटो युथ क्ल्ब र निलो जर्सीमा फ्राईन्ड्स युथ क्लवका खेलाडीहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

३ मंसिर ०७८, काठमाडौं । नवप्रवेशी सातदोबाटो यूथ क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दश खेलाडीमा सीमित फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ ।
निर्धारित समय भन्दा ८ मिनेट ढिला गरी सुरु भएको खेलमा बराबरी गरेपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।
पहिलो हाफमा दुवै टोलीले गतिलो ‘मुभ’ बनाउन सकेनन् । दोस्रो हाफमा दुवै टोलीले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हुन् ।
खेलको ७६औं मिनेटमा रोनेल एन्थोनी पाउलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि फ्रेण्ड्स दश खेलाडीमा सीमित भएको थियो । पाउलले सातदोबाटोका सुशील राईलाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्डको देखाएका थिए ।
फ्रेण्ड्सले बाँकी १४ मिनेट दश खेलाडीमा रहेर खेलेको थियो । तर सातदोबाटो त्यसको फाइदा लिन भने सकेन ।
सातदोबाटोले ५५औं मिनेटमा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । सातदोबाटोका सुशील राईले हानेको प्रहार विपक्षी रक्षकलाई लागेर पोस्टमा गएको थियो । जुन फ्रेण्ड्सका गोलकिपर राहुल यादवले सजिलै बचाएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै सातदोबाटोका आकाश बुढामगरले हानेको प्रहारलाई पनि फ्रेण्ड्सका गोलकिपर राहुलले पन्च गरेर बचाइदिएका थिए ।

फ्रेण्ड्स क्लबमा जमौल एन्थोनी फ्रान्कोइसले हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । तर रिबाउन्डमा प्राप्त बल लिने कोही नहुँदा फ्रेण्ड्सले अग्रता लिने राम्रो मौका गुमाएको थियो ।
फ्रेण्ड्सका फ्रान्कोइसले नै ६६औं मिनेटमा पनि गोल गर्ने अवसर खेर फालेका थिए । उनले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार विपक्षी रक्षक पिटर सेगुनको खुट्टामा लागेर गएको बल सातदोबाटोका रक्षक अभिषेक बरालले मुस्किलले पन्च गरेर बचाएका थिए ।
शनिबार लिगमा दुई खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । साँझ ४ः४५ बजे हुने दोस्रो खेलमा ललितपुरका च्यासल यूथ र थ्री स्टार क्लबले खेल्नेछन् ।न्युज कारखाना

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ३४ बजे