८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरे टिम विग्रेडको ए डिभिजनमा फुटवलमा जित



कतार एअरवेज मैत्री लिग ए डिभिजन फुटबल प्रतियोगितामा ब्रिगेट ब्वाइज क्लब रातो जर्सी र एपिएफ फुटबल क्लब निलो जर्सीका खेलाडी एकापसमा बललाई नियन्त्रण गर्ने प्रयास गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

५ मंसिर ०७८, काठमाडौं । ललितपुरे टिम ब्रिगेड ब्वाइज क्लबले आज भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दैे महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए ।
आजै भएको अर्को खेलमा डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक “ए“ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १ ० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।
मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे । राष्ट्रिय फुटबल टोलीका रक्षक समेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नलबलमा बक्स भित्रबाट हेडिङ गोल गरे ।
पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए । आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन ।
बाकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

४५ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीको कर्नलमा फरवार्ड ओनगुना एनकेन्गुई जुनियर हेडिङ क्रसबारमा लागेर फर्कियो ।
खेलको ३० मिनेटमा एडेलाजा सोमिडेले पाएको मौका सदुपयोग गर्न सकेनन् । जुन बल आफिज ओलावालेले प्रहार गर्दा अफसाइड हुन पुग्यो । ८९ मिनेटमा अञ्जनको पासमा ओलावालेले बक्सबाट बाहिर प्रहार गरे ।
जितसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ । यता, जावलाखेल भने हार बाट प्रतियोगिता सुरु गरेको छ । सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एन आर टिले चुनौती पेस गर्नेछ । न्युज कारखाना

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ४२ बजे