८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक युवक पक्राउ



११ मंसिर ०७८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम ७ स्थायी वतन भएका २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको  जानकारी दिएकोहो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले

जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।