२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जब मन्त्री नै माइक्रोबसमा कोचिएर यात्रा गरे (तस्विरहरु)



 

 

१५ मंसिर ०७८, काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु वाहक बस सेवा शुभारम्भ कार्यक्रम थियो । संस्कृती तथा पर्यटनमन्त्री प्रेम आलेल यात्रुवाहक माइक्रोबसको रिवन काटेर उद्घाटन गरे । अनि यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसे ।


माइक्रोबस विमानस्थलको गोल्डेजन गेटतर्फ लाग्यो । यात्रुहरु मन्त्री आलेसँगै ओर्लिए ।
यो दृश्य थियो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट नि:शुल्क बस सेवा शुभारम्भको । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
नि:शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि शुभारम्भ गरिएको छ ।

न्युज कारखाना

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।