८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


परम्परागत डिजाइनमा बन्दै छ, गोदावरीको सिंहदरवार (तस्विरहरु)



१६ मंसिर ०७८, ललितपुर । काठमाडौँ उपत्यकाको दक्षिणी इलाकामा रहेको गोदावरी नगरपालिकाको भवन निर्माण लगभग पूरा भएको छ । परम्परागत डिजाइनमा निर्माणाधीन भवनमा दुई तला पर्किङ रहेको नगरपालिकाले जानकारी दिएको छ ।


भवनमा लिफ्ट समेत जडान हुनेछ । बज्रबाराहीको जंगल नजिकै निर्माणाधीन भवन नेवारी संस्कृति झल्कने गरी निर्माण गरिँदै छ । भवनमा हस्तकलामा आधारित बुट्टेदार झ्याल ढोका र इट्टाको धुलो,चुनलगायत मिसाएर बनाइएको सुर्कीले सझाइएको छ । भवन निर्माणको जिम्मा तुल्सीभक्त÷ड्रागन जेभी निर्माण कम्पनीले पाएको थियो ।


भवनको बजेट २७ करोड ४९ लाख ८९ हजार ७३५ रुपैयाँ भएपनि कम्पनीसँग २१ करोड ४५ लाख ५६ हजार ६१ रुपियाँमा ठेक्का लागेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : २७ बजे