८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकीकृत समाजवादीको पाटन नगर कमिटी अध्यक्षमा विष्ट




सीपी लोहिया
१८ मंसिर ०७८, बैतडी । नेकपा एकीकृत समाजवादी पार्टी बैतडीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीले पाटन नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न गरेको हो ।
लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । नगर कमिटीको उपाध्यक्षमा प्रदीप बोहरा र राम भुल चयन भएका छन् । सचिवमा गणेश पन्त चयन भएका छन् भने उपसचिवमा हरिना भट्ट, रितु भट्टराई र शिवराज भट्ट चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटव्यूरो सदस्य प्रमानन्द भट्ट रहेका थिए । विशिष्ट अतिथिमा प्रदेश कमिटी सहसचिव तथा पूर्व प्रदेश मन्त्री माया भट्ट, केन्द्रीय सदस्य नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्टलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
एकीकृत समाजवादीले बैतडीका ६ स्थानीयतहमा अधिवेशन सम्पन्न गरिसकेको छ भने ४ स्थानीय तहमा अधिवेशन गर्न बाँकी रहेको छ । न्युज कारखाना

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।