८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्न थाल्यो बैंकहरूमा पैसा




२० मंसिर ०७८, काठमाडौं । केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ ।
निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४÷१४ अर्व रुपयाँ लगानी विस्तार गरेका छन् ।
१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्व २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्व कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : १३ बजे