८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भक्तपुरमा नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता




२० मंसिर ०७८, भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
खेलाडीहरूले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने हुँदा यसले भविष्यमा व्यक्तित्व विकासमा समेत विशेष योगदान रहेकोले पालिकाले खेलकुद प्रतियोगिता गरेको जनाइएको छ ।
अध्यक्ष बिजुक्छेँले मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद अत्यन्त महत्त्वपूर्ण हुने र खेलाडीहरूले देशको गरिमा बढाउने बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा उत्कृष्टता हासिल गरेसँगै खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरिरहेको बताए ।
उनले विद्यार्थीहरूको अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय बनाउन प्रत्येक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।
प्रतियोगिता मंसिर २० गतेदेखि २४ गतेसम्म हुनेछ । प्रतियोगितामा नगरपालिकाभित्रका ६० वटा भन्दा बढी विद्यालयका १८८५ जना खेलाडीहरूले प्रतिस्पर्धामा सहभागिता रहेको पालिकाले बताएको छ ।
टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय गरी १४ वटा खेलका लागि प्रतिस्पर्धा हुनेछ । न्युज कारखाना

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ०३ बजे