८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेलको ए डिभिजनमा लगातार तेस्रो हार



काठमाडौँ, ३ मङ्सिर
दशरथ रंगशालमा शुक्रबार आयोजित ए डिभिजन लिग फुटबल प्रतियोगिताको क्रममा सेतो जर्सीमा सातदोबाटो युथ क्ल्ब र निलो जर्सीमा फ्राईन्ड्स युथ क्लवका खेलाडीहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

२२ मंसिर ०७८, काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबलाई २–० अन्तरलेपराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि रञ्जित धिमालले एक गोल गरे । यस्तै जावलाखेलका डिफेन्डर सिमन्त थापाले आत्मघाती गोल गरे ।
मिडफिल्डर मनिष डाँगीले १४औं मिनेटमा दायाँतर्फ दिएको पासलाई राइट ब्याक छिरिङ गुरुङले सुन्दर क्रसमा परिणत गरेका थिए । सोही क्रसलाई क्लियर गर्ने क्रममा जावलाखेलका डिफेन्डर सिमन्तले आत्माघाति गोल गरेका थिए ।
जावलाखेलविरुद्ध हाबी बनेको मछिन्द्रले सुरुआती २२ मिनेटमै अग्रता दोब्बर पारेको थियो । खेलको २१औं मिनेटमा जावलाखेलका डिफेन्डर लोइक निज्मीले मछिन्द्रका कप्तान सुजल श्रेष्ठमाथि फाउल गरेपछि साबिक विजेताले फ्री–किक पाएको थियो ।
सोही फ्री–किकलाई मछिन्द्रका लेफ्ट ब्याक रञ्जितले गोल गरे । पेनाल्टी एरियाको दायाँ तर्फबाट ‘सेकेन्ड बार’मा प्रहार गरेको फ्री–किक सोझै गोलमा परिणत भएसँगै मछिन्द्रले महत्त्वपूर्ण तीन अंक हासिल ग¥यो ।

निर्धारित अवधिभर जावलाखेलमाथि मछिन्द्रले निरन्तर आक्रमणको प्रयास गरे पनि अन्य मौकालाई सदुपयोग गर्न सकेन । जावलाखेलले विरलै मछिन्द्रमाथि आक्रमणको मौका सिर्जना गर्न सक्यो ।
जावलाखेलका रूप बहादुर लामाले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
रञ्जितले ७०औं मिनेटमा कर्नरमार्फत दिएको क्रसमा मनिषले ६ यार्ड बक्स भित्रबाट गरेको हेडर प्रहार फ्रेममा परेन । त्यसको तीन मिनेट नबित्दै मछिन्द्रका सेन्टर ब्याक नुरेन करिमले हेडरमार्फत गरेको सशक्त प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले पञ्च गरेका थिए ।
जितसँगै सुरुआती तीन खेलबाट ७ अंक जोडेको मछिन्द्र अंक तालिकाको दोस्रोस्थानमा उक्लिएको छ । सातदोबाटो युथ क्लबसँग अंक र गोलअन्तरमा बराबरी भए पनि थोरै कार्डको आधारमा मछिन्द्र दोस्रो स्थानमा उक्लिएको हो ।

पहिलो खेलमा न्युरोड टिम (एनआरटी)विरुद्ध २–१ को जित निकालेको मछिन्द्रले दोस्रो खेलमा विभागीय महारथी त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
यस्तै, पराजित जावलाखेल तेस्रो चरण सकिँदा पनि जित र अंकबिहीन रहँदै तालिकाको १३औं स्थानमा छ । पहिलो खेलमा मनाङसँग १–० को नतिजामा पराजित जावलाखेल दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १–० ले हारेको थियो । योसँगै तेस्रोचरणका खेल सकिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ३४ बजे