२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुपाल्चोकमा परपुरुषसँग मिलेर श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या




२३ मंसिर ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित जुगल गाँउपालिकाकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकस्थित जुगल गाँउपालिका ३ गुम्बाथानकी २८ बर्षिया साङ्वो तामाङले ३९ बर्षिय छेवाङ लामाको हत्या गरेकी हुन् ।
हत्या आरोपमा प्रहरीले मृतक लामामी श्रीमती साङ्वोसँगै कान्छालाल लामालाई पक्राउ गरेरसार्वजनिक गरेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानलाई आधार बनाएर नीजहरु सा ङवो र कान्छालालबीच अवैध सम्बन्ध हुनसक्ने जानकारी दिएको छ ।
सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिकारीका अनुसार उनीहरुबीच अत्याधिक फोनमा कुराकानी हुने गरेको थियो । श्रीमान कान्छालाल ६ बर्ष कतार बसेर फर्केको र उनले श्रीमतीको फोन १ दिन लिएको र सिमकार्ड फिर्ता गरेको खबर छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टमा योजनाबद्ध हत्या भएको हुनसक्ने उल्येख छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।