
२३ मंसिर ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित जुगल गाँउपालिकाकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकस्थित जुगल गाँउपालिका ३ गुम्बाथानकी २८ बर्षिया साङ्वो तामाङले ३९ बर्षिय छेवाङ लामाको हत्या गरेकी हुन् ।
हत्या आरोपमा प्रहरीले मृतक लामामी श्रीमती साङ्वोसँगै कान्छालाल लामालाई पक्राउ गरेरसार्वजनिक गरेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानलाई आधार बनाएर नीजहरु सा ङवो र कान्छालालबीच अवैध सम्बन्ध हुनसक्ने जानकारी दिएको छ ।
सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिकारीका अनुसार उनीहरुबीच अत्याधिक फोनमा कुराकानी हुने गरेको थियो । श्रीमान कान्छालाल ६ बर्ष कतार बसेर फर्केको र उनले श्रीमतीको फोन १ दिन लिएको र सिमकार्ड फिर्ता गरेको खबर छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टमा योजनाबद्ध हत्या भएको हुनसक्ने उल्येख छ ।
२३ मंसिर २०७८, बिहिबार
0
Shares







प्रतिक्रिया