१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश   



२४ मंसिर ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उनीहरूले सो प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूहरू नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।