८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवल : ह्याट्रिक जितको दाउँमा सातदोबाटो



फाइल तस्विर

२५ मंसिर ०७८, काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरण जारी रहँदा दोस्रो दिन दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ पौने ५ बजे खेल हुनेछन् ।
शनिबारको पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच भिडन्त हुनेछ । सातदोबाटो प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।
यदि ह्याट्रिक जित निस्किए सातदोबाटो पुनः एक पटक शीर्ष स्थानमा उक्लनेछ । सातदोबाटो ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
खराब प्रदर्शनमा रहेको एनआरटी भने पहिलो जितको खोजीमा छ । विदेशीसहित केहीस्तरीय राष्ट्रिय खेलाडी सम्मिलित एनआरटीले सोच अनुरुप लिगमा प्रदर्शन दिन सकेको छैन । एनआरटी ३ खेलबाट २ अंक जोडेर ११ औँ स्थानमा छ ।
दिनको दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
उपाधि जोगाउने योजना बनाएको मछिन्द्र सिष्टममा फुटबल खेल्दै गरेका शेर्पालाई पराजित गर्दै आफ्नो यात्रलाई अगाडि बढाउने प्रयासमा हुनेछ ।

अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेको मछिन्द्र खेलमा पकड जमाउँदै शेर्पाबाट तीन अंक जोड्न दाउमा छ । । ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा छ ।
शेर्पासमेत मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजाको दाउँमा छ । युवा र विदेशी खेलाडी मिश्रित शेर्पा पहिलो जित निकाल्ने योजनामा छ । शेर्पा ३ खेलमा २ अंक जोडेर १० औँ स्थानमा छ ।
जारी लिगमा १० जित निकालेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ४९ बजे