१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा शक्तिशाली आँधी, ७० भन्दा बढीको ज्यान गयो




एजेन्सी । अमेरिकाको केन्टकीमा शक्तिशाली आँधीका कारण ७० भन्दा बढीको ज्यान गएको छ । स्थानीय समय अनुसार शुक्रबार राति आएको टोर्नाडोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको हो । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् । केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको छ ।

४० जना भन्दा धेरैको उद्धार गरिएको केन्टकीका गभर्नरले बताएका छन् । टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ । दशौँ हजार मानिस पानी तथा बिजुलीको अभावमा छन् ।
राष्ट्रपति जो बाइडेनले आँधीका कारण ठूलो नोक्सानी ब्यहोरेका देशको मध्यक्षेत्रमा सहयोगका लागि केन्द्र सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् । बाइडेनले आँधीबाट सबैभन्दा प्रताडित केन्टकी राज्यमा आपतकालीन सहयोगका लागि एउटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ४५ बजे