१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


प्रधानमन्त्री देउवाले खाए भृकुटीमण्डपको चौरमा खाना 



२६ मंसिर ०७८, काठमाडौं ।  प्रधानमन्त्री शेर बहादुर देउवाले आज आइतबार भृकुटीमण्डपको चौरमा बसेर खाना खाएका छन् । प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ताहरुसँगै बसेर खाएका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा थिए ।

प्रधानमन्त्री देउवा आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका छन् ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेका हुन् ।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गरेका थिए । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर प्रधानमन्त्री देउवाले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए ।

प्रधानमन्त्री देउवाले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : ०३ बजे