१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ओमिक्रोन भाइरस आक्रमक : डब्लूएचओ




एजेन्सी
२७ मंसिर ०७८, न्युयोर्क । ओमिक्रोन भाइरस डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो ।
तर, करिव दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् ।
डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ । सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ । ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकी देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ४५ बजे