१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस महाधिवेशन : मतदान सुरु



नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतदान स्थल ।

२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको न्युज कारखानालाई जानकारी दिए । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ–आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए । अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् । न्युज कारखाना

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।