१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सभापतिमा देउवाको अग्रता, पछ्याउँदै कोइराला (मतसहित)




२८ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म १ हजार ४ सय ५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ५ सय २० मत पाउँदा प्रकाशमान सिंहको १ सय ७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६ सय ७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २ हजार ३ सय ४१ मत प्राप्त गर्नुपर्नेछ । न्युज कारखाना

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ५१ बजे