१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देउवा अघिअघि कोइराला पछिपछि, ३ हजार २ सय ८२ मत गणना हुँदा कसले कति पाए ?



२८ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ३ हजार २ सय ८२ मतगणना भएको छ । कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १ सय ९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २ सय ५७, विमलेन्द्र निधिले २ सय१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : १५ बजे