१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रतिनिधि सभाको बैठक पुस ६ गते सम्मका लागि स्थगित




२८ मंसिर ०७८, काठमाडौं । आउँदो पुस ६ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार बसेको बैठक अब पुस ६ गते बस्नेगरी स्थगित भएको हो।
मंगबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको थियो। तर, एमालेकै अवरोधकाबीच सरकारका तर्फबाट विभिन्न ६ वटा अध्यादेश टेबुल गरिएको थियो।

यस्तै, राष्ट्रिय सभाको बैठक पुस ५ गतेसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभामा पनि एमालेको अवरोधकाबीच ६ अध्यादेश टेबुल गरिएको थियो।

सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

राष्ट्रियसभामा अध्यादेश पेश

राष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री गुरुङले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरे ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अबरुद्ध गरेको हो । सभाको अर्काे बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ०४ बजे