१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेसले सुरु गर्‍यो महाधिवेशनस्थल भृकुटीमण्डप वरपर सफाइ



२९ मंसिर ०७८, काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ ।

पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो । महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अघिको सडक क्षेत्र प्रदूषित बनेको थियो । महाधिवेशनको प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानरलगायत सामग्री पनि हटाउन थालिएको छ ।

महाधिवेशनका क्रममा प्रयोग भएका सामग्रीले शहरको सुन्दरतामा प्रभाव पार्ने भएपछि सफाइ अभियान सुरु गरिएको समितिका सदस्य सचिव दीनेश थापामगरले राससलाई जानकारी दिए । यसैगरी उपत्यकाका अन्य स्थानमा राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाइने उनले बताए । समितिमार्फत उपत्यका विभिन्न स्थानमा निर्माण गरिएका मूल ढोकालगायत प्रचारप्रसारका तुल, ब्यानर पनि हटाइने जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : ११ बजे