८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप बने राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान



२९ मंसिर ०७८, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ ।
टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै पदमुक्त सहित सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिना सहभागिता नगराउने क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो ।
यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ । सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ५९ बजे