१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महामन्त्रीका पराजित महासचिव प्रदिप पौडेल मुस्कुराउदै सानेपाबाट बाहिरिए




१ पुस ०७८, काठमाडौं । आफू महामन्त्रीमा पराजित भए पनि प्रदीप हँसिलो मुद्रामा पार्टी कार्यालय सानेपाबाट बाहिरिएका छन् ।

नेपाली कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलसहित चार नेता पराजित भएका थिए । दुई जना महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक अन्तिम परिणामअनुसार पौडेलसहित प्रकाशरण महत, मिनेन्द्र रिजाल र राजाराम कार्की पराजित भए ।
महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् । थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ । तर,

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ४ : ४८ बजे