१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


समाचार सङ्कलनमा रोक लगाएकोप्रति महासङ्घको ध्यानाकर्षण




१ पुस ०७८, हेटौडा । नेपाल पत्रकार महासङ्घले प्रदेश प्रमुखको कार्यालय मकवानपुरमा बागमती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई समाचार सङ्कलनमा रोक लगाइएको घटनाप्रति खेद प्रकट गरेको छ ।
महासङ्घले प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र त्यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । “सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु खेदजनक हुनुका साथै प्रेस स्वतन्त्रमाथिको ज्यादती हो”, महासङ्घद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ ।
महासङ्घ मकवानपुर शाखाका अनुसार मङ्सिर २८ गते भएको बाग्मती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिएर निजी सञ्चारमाध्यमलाई समाचार सङ्कलनमा रोक लगाइएको थियो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : ०५ बजे