१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


म एक गुटको महामन्त्री होइन : गगन थापा




१ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् ।
बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए ।
अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए ।
’एउटा समूहको उम्मेदवार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो’, थापाले भने ।
उनले बेठीक व्यक्तिलाई महामन्त्री बनाएछ भन्ने हुन नदिने बताए। उनले आफूलाई विजयी बनाउने सबैलाई धन्यवाद दिए । न्युज कारखाना

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ४५ बजे