८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवलमा सातदोबाटो आर्मीसँग बराबरीमा रोकियो



२ पुस ०७८, काठमाडौं । सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १–१ को बराबरी खेलेको हो ।
११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।
आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौं स्थानमा छ । आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लबले चौथों स्थानको संकटासँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ४५ बजे