११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काँग्रेस केन्द्रिय सदस्यमा चित्रलेखा यादव विजयी




२ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत विजयी पहिलो केन्द्रीय सदस्यको घोषणा भएको छ।
शुक्रबार प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।
चित्रलेखाले २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ३१ बजे