१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१८१ जनामा कोरोना संक्रमित थपिए



४ पुस ०७८, काठमाडौं । नेपालमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९८७२ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट १३३ र एन्टिजेनबाट ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ पुगेको छ । यसैगरी, आइतवार २८९ जना निको भएसँगै हालसम्म ८ लाख ८ हजार ८९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : ५७ बजे