१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा ओमिक्रोनबाट २ सय जना संक्रमित




७ पुस ०७८,नयाँ दिल्ली । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २ सय जना संक्रमित भएका छन् । ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन् ।
त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना संक्रमित भेटिएका छन् । त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३ सय २६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४ सय ५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ । भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन् । यो अहिलेसम्मकै न्यून संख्या हो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : २४ बजे