११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


मलेसियामा बाढी: १७ को मृत्यु, ७० हजार विस्थापित   



७ पुस ०७८, काठमाडौं । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।
मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।
सिन्ह्वा

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १ : ३५ बजे