१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विदेशी विश्वविद्यालयबारे अनुगमन हुँदै   



७ पुस ०७८, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका  छन् ।

समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुनसकेको छैन ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : २१ बजे