१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भरतपुर महानगरको ४८ करोड ६० लाख



८ पुस ०७८,भरतपुर । भरतपुर महानगरपालिकाको वजेट रु ४८ करोड ६० लाख पारित भएको छ ।
विहीबार गरिएको अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो । दशौँ नगरसभा आज विहीबार सम्पन्न भएको छ । नगरसभाले रु ४८ करोड ६० लाख बजेट अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो ।
सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयको अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले स्रोतसाधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताउनुभयो । केही योजना सम्पन्न हुने चरणमा रहेको उहाँको भनाई छ । महानगरले अन्य पालिकाको तुलनामा धेरै गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद दिइन् ।
सङ्घ र प्रदेशको सहकार्यमा ठूला आयोजना अघि बढेको दाहालको भनाइ थियो । पाँच वर्षको अवधिमा महानगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले महत्वपूर्ण आयोजनाको बारेमा जानकारी दिएकी थिइन् । पार्वती शाह ठकुरीले भौतिक निर्माणमा महानगरले उल्लेखनीय काम गरेको बताइन् । उनले भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा महानगरले काम गर्न सकेको जानकारी दिइन् । सबैको साथ, सहयोग र समन्वयमा महानगरको समग्र विकास सम्भव भएको उनको भनाइ छ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडाध्यक्ष चित्रसेन अधिकारी, हरि आचार्यलगायतले बोलेका थिए ।
नगरसभाले रु ४८ करोड ६० लाख बजेट पारित गरेको छ । सो अवसरमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विधयेक २०७८ पारित गरियो । भाषा, साहित्य, संस्कृति र कला संरक्षण गर्दै मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न विधेयक ल्याइएको बताइएको छ । सोही अवसरमा ४५ जना कर्मचारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ८ : २७ बजे