१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी स्थायी समिति बैठक : पदाधिकारीको संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव




९ पुस ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।
शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।
अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।
माओवादीका एक स्थायी समिति सदस्यले पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन कुन पदमा कति जना भन्नेबारे भने टुंगो नलागेको बताए । उनका अनुसार यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुनेछ ।
माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : २० बजे