८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवल : थ्री स्टार र आर्मीको गोलरहित बराबरीमा



फाइल तस्विर

११ पुस ०७८, काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत थ्री स्टारविरुद्ध गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।
थ्री स्टारसँगको बराबरीपछि आर्मीले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
आइतबार सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले हराउँदै सकटा तालिकाको तेस्रो स्थानमा उक्लिलएको थियो ।
आर्मी ६ खेलमा १० अंकसहित चौथो स्थानमा छ । समान खेलमा १४ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ भने मनाङ १३ अंक बटुल्दै दोस्रो र संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा छ ।
दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारमाथि निरन्तर दबाब बनाएको विभागीय टोलीले फिनिसिङमा चुक्दा अग्रता बनाउन सकेन । खेलको म्यान अफ दि म्याच आर्मीका जगदीश श्रेष्ठ घोषित भए । न्युज कारखाना

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ४८ बजे