१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वडाध्यक्षले दिए विद्यार्थीको कपडा सिलाउन खल्तीबाट ३ लाख




उद्धव बिश्वकर्मा
१२ पुस ०७८,दोलखा । दोलखाका वडाध्यक्षले आफ्नो खल्तीबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुको विद्यालयको कपडा सिलाउनका लागि ३ लाख रुपैया दिएको छन् । दोलखा जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउपालिका ८ खारेका वडा अध्यक्ष उदयबहादुर खड्काले वडा भित्रका ५वटा बिधालयका करिब ३ सय जना विद्यार्थीका लागि बिधालय पोसाक (स्कुल ड्रेस)सिलाइ बापत ३ लाख रुपैया हस्तान्तरण दिएका हुन ।
गौरीशंकर गाउपालिकाको आर्थिक बर्ष २०७८÷०७९ अन्तरगतको बजेटबाट पालिका भित्रका सबै वडाको बिद्यालयको बिद्यार्थीहरुको एक रुपताको कायम गर्नको लागि निशुल्क पोशाक उपलब्ध गराएको र सिलाइ शुल्क अभिभावकले नै तिर्न पर्ने हुँदा कतिपय बिद्यार्थीको अभिभावक आर्थिकरुमा जेहेन्दार रहेकाले त्यसलाई मध्यनजर गरि आफुले ब्यक्तिगत रुपमा सहयोग गरेको वडा अध्यक्ष खड्काले बताए।
खारे माध्यमिक बिधालयको प्रधानाध्यापक नरेन्द्रसिह महतले पटकपटक अनुरोध गरेको र एउटा मात्र बिधालयलाई सहयोग गर्दा आफू जनप्रतिनिधि भएको हैसियतले अन्याय गरेको महसुस अबिभाबकलाइ हुने हुँदा कुनै पनि पक्षपात नगरी समान रूपले ब्यक्तिगत रुपमा सहयोग गरेको खड्काको भनाइ छ ।
वडा अध्यक्ष पनि बिगतमा शिक्षण पेशा बाट नै आएको र बिधालय प्रतिको माया र शिक्षा प्रतिको चासो कायमै रहेको हुँदा प्रतिनिधिको साथ र सहयोग सधै भरी रहिरहे शिक्षक तथा अबिभाबकमा एक किसिमको हौसला प्राप्त हुने प्रधान्याध्यापक महतको भनाइ छ।
वडाभित्र हाल खारे मावि, छे साखारे आधारभूत विधालय, मणि स्मृति प्राबि, सेतिदेबी प्राबी र हुर्पुङ चौतरा प्रावि रहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : १५ बजे