१२ पुस ०७८,मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाका मानसिक रुपमा अशक्त ३२ वर्षीया लिलावती गिरीलाई घरमा पुगेर नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसहितको टोलीले सो गाउँपालिकाको वडा नं ९ स्थित ज्यामिरेमा पुगेर गिरीलाई नागरिकता प्रमाणपत्र दिएका हुन् । सो अवसरमा प्रजिअ पाण्डेले अशक्त गिरीले सरकारबाट प्राप्त हुने सबै सुविधा पाउने बताएका छन् ।
भीमफेदीमा बन्दै झोलुङ्गे पुल
मकवानपुरको भीमफेदी गाउँपालिका ५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ । रु ५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरका छन् ।
सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ । एक सय १४ मिटर लम्बाइको पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
१२ पुस २०७८, सोमबार
0
Shares
प्रतिक्रिया