१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सोलुखुम्बुमा जलविद्युत आयोजनाको परीक्षणका क्रममा विस्फोट, २ इन्जिनियरको मृत्यु




१२ पुस ०७८, काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनस्थित ८६ मेगावाटको हाईड्रो पावर हाउस परीक्षणका क्रममा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका–५ बस्ने २९ वर्षीय अर्जुन थापा रहेका छन् । मृत्यू हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय रेग्मी अछामका र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय थापा काभ्रेका हुन् ।

पाईप पड्किँदा गम्भीर घाइते भएका उनीहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, घाइते भएका सिरहा औरही गाउँपालिका– २ बस्ने २९ वर्षीय मो। जावेतर राईनलाई उपचारका लागि सिम्रिक हेलिकोप्टरद्वारा ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : १० बजे