१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो



फाइल तस्विर

१४ पुस ०७८, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो ।

दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : २८ बजे